साझा अक्षर

बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

बेलुकी ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै। माघ ६।। आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । (more…)
Read More
झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

झापा-५ : बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

  झापा माघ ६ ।। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। देशैभर एकैसाथ हुन लागेको मनोनयन दर्ताका लागि निकै नै चर्चामा रहेको  झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउँदैछन् बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। दमकस्थित गोरखा…
Read More
दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

झापा, माघ ५ । झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मिति २०८२ साल माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका…
Read More
झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो

झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो

  बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए । गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि…
Read More
कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट

कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट

बिर्तामोड, माघ ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा  झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो । गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए । प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड…
Read More
बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

  बिर्तामोड, माघ १ । झापाको बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता दुई दिने हुनेछ । आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र ४ गते हुनेछ भने मिसन झापाले सञ्चालन गर्नेछ । प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिए । सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट…
Read More
पालिका स्तरीय U१८ फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा बिर्तामोड र कमल गाउँपालिका भिड्ने

पालिका स्तरीय U१८ फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा बिर्तामोड र कमल गाउँपालिका भिड्ने

  बिर्तामोड पौष २६ ।। झापा जिल्ला पालिका स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता २०८२ को खेल तालिक सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। शनिश्चरे फुटबल क्लब अर्जुनधारा झापाको आयोजनामा यही माघ ११ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका अनिश्चरे सात स्थित खेलमैदानमा पत्रकार सम्मेलन मार्फत आयोजक शनिश्चरे फुटबल क्लबले सार्वजनिक गरेको हो। प्रतियोगितामा झापाका नौ वटा स्थानीय तहहरूको सहभागिता रहनेछ। झापामा १५ वटा स्थानीय तह रहेपनि अन्य छ स्थानीय तहले भने विविध कारण देखाउँदै प्रतियोगितामा सहभागिता हुन नसक्ने बताएको आयोजक समितिका अध्यक्ष टेकराज तिलिङले जानकारी दिनुभयो प्रतियोगितामा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका,…
Read More
झापा गोल्डकपमा नयाँ सदस्य थपिँदै,एकैदिन २३ जनाले एकैसाथ लिए सदस्यता

झापा गोल्डकपमा नयाँ सदस्य थपिँदै,एकैदिन २३ जनाले एकैसाथ लिए सदस्यता

  बिर्तामोड पौष २३। झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएको छ। बुधबार एकै दिन झापा गोल्ड कपमा कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन्। गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यहरुलाई कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सदस्यता रसिद प्रदान गर्नुभयो। प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ । स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ। सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म ६५ भन्दा बढी नयाँ सदस्य थपिएका…
Read More
अमेरिकाको भिसा लिदाँ धरौटी राख्नु पर्ने देशहरूको सूचीमा नेपालपनी

अमेरिकाको भिसा लिदाँ धरौटी राख्नु पर्ने देशहरूको सूचीमा नेपालपनी

झापा।पौष २३।। अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने नेपालीले पनि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेश गर्नुपर्ने छ । भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित भने हुँदैन । अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ । जसमा दक्षिण एशियाका देशहरू बङ्गलादेश र भुटान पनि छन् । अमेरिकाको यात्रा गरेर…
Read More
सरगम सङ्गीतालयद्वारा न्यानो कपडा वितरण

सरगम सङ्गीतालयद्वारा न्यानो कपडा वितरण

झापा।। सरगम सङ्गीतालय बिर्तामोडले विगतका वर्षहरूमा झैं यस वर्ष पनि अति विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै जाडो मौसममा न्यानो कपडा वितरण गरेको छ। आज सोमबार झापा गाउँपालिका ५ पन्थापाडा स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूलाई ६० थान नयाँ ज्याकेट तथा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूलाई १०० थान मोजा वितरण गरिएको हो। कार्यक्रम सरगम सङ्गीतालयका संस्थापक एवं गुरु दिपक रायमाझीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य सावित्री राजवंशीको सभापतित्वमा सम्पन्न भएको छ। सरगम सङ्गीतालयका जेष्ठ विद्यार्थी लिलानाथ खत्री खतिवडा, विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेश तथा प्रमुख अतिथिले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको…
Read More