देउमाई पौष ९ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ विजयी हुँदै फाइनल प्रवेश गरेको छ। अर्को उपाधि दाबेधर मानिएको वडा नम्बर ३लाई ३- २ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं २ तेस्रो संस्करणमा पनि फाइनल प्रवेश गरेको हो। पराजित भएसँगै वडा नम्बर ३ यो प्रतियोगिताबाट बाहिरिएको छ। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने वडा नम्बर ३ ले लिएको थियो। नम्बर ३ का श्याम राईले गोल गर्दै वडा नम्बर…
देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र वडा नम्बर १ सेमिफाइनल प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ४ ले…
देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र वडा नम्बर १ अघिल्लो चरणमा प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ४…
इलामको देउमाई नगरपालिकामा आजबाट सुरु तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शानदार जित गरेको छ। उपाधि दावेदार मानिएको वडा नम्बर ८लाई ३ एक गो ल अन्तरले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ। वडा नम्बर ३ को तर्फबाट जर्सी नम्बर २ का आदर्श गुरुङले फ्रीिकिक मार्फत उत्कृष्ट दुई गोल गरे भने एक गोल जर्सी नम्बर १४ का प्रकाश राईले गरे। पराजित वडा नम्बर ८ का तर्फबाट भने जर्सी नम्बर ६ का सुजन राईले एक गोल गरे पनि त्यसपछि वडा नं ८ ले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ। खेलको सुरुवात देखि नै…
देउमाई पौष ३ ।। तेस्रो देउमाई तरुण कप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यही पौष ६ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक नेपाल तरुण दल देउमाई नगर समितिले आज खेल तालिका सार्वजनिक गरेको हो। आयोजक नेपाल तरुण दल देउमाई नगर कमिटी अध्यक्ष बिमल काजी खम्बुका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र वडा नम्बर ८ का बीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै पौष ७ गते दुई खेल हुनेछन्। पहिलो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ का बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुनेछ ।…
बिर्तामोड पुस ३ ।। झापाको बिर्तामोडमा पुस ४ गते (भोली) देखि छैटौं वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल पुस १३ गते सम्पन्न हुने विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले गर्नु हुनेछ । छैटौं वडास्तरीय युवा फुटवल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उपविजेताले २५ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त…
मङ्सिर २९ ।। दोस्रो संस्करणको गरुवाकप फुटबल प्रतियोगिताको उपाधि सनिश्चरे एफसी अर्जुनधाराले जितेको छ। हिजो भएको फाइनल खेलमा प्रतिस्पर्धी लक्ष्मीपुर एफसी इलामलाई १-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसीले उपाधि जितेको हो। शनिश्चरेका लागि देवेन्द्र तामाङले निर्णायक गोल गरे। माई नगरपालिका चार दानाबारी स्थित शुक्रबारे खेलमैदानमा हिजो भएको फाइनल खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रस्तुत गर्दै दाबेदारी प्रस्तुत गरेका थिए। तर इन्जुरी समयमा शनिश्चरेका देवेन्द्र तामाङले पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधि दिलाए लक्ष्मीपुर एफसी इलामले राम्रो प्रदर्शन गर्दै शनिश्चरेलाई दबाबमा राखे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्यो। विजेता शनिश्चरे एफ्सीले नगद १ लाख ट्रफी…
बिर्तामोड, मंसिर २९ । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ए डिभिजन टिमसहित १० टोलीले भाग लिने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता…
माई मंसिर २७।। झापाको शनिश्चरे फुटबल क्लब अर्जुनधारा र इलामको लक्ष्मीपुर एफसी दोस्रो गरुवा कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो सेमिफाइनल खेलमा आयोजक नमुना युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम फाइनल प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा स्टार खेलाडीहरूका साथ मैदान उत्रिएको आयोजकलाई स्तब्ध पार्दै लक्ष्मीपुर एफसी फाइनल प्रवेश गरेको हो। आशिष चापागाईं, रोमन योगी ,विनोद धमला, जस्ता चर्चित तथा अनुभवी खेलाडीका साथ मैदान उत्रिएको आयोजकले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिएको छ त्यस्तै आज भएको दोस्रो सेमी फाइनल खेलमा ह्याप्पी…
माई मंसिर २६।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएका दुई क्वाटर फाइनल खेलबाट जित निकाल्दै लक्ष्मीपुर एफसी इलाम र ह्याप्पी ड्रिम्स चेप्टी अन्तिम चारमा प्रवेश गरेका छन्। यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा लक्ष्मी युथ स्पोर्ट्स महमाईलाई दुई एक गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर इलाम अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पाएका अवसरलाई सदुपयोग गर्दै लक्ष्मीपुरले अन्तिम चारको यात्रा तय गरेको हो पराजित भएसँगै लक्ष्मी युथ एफसी महमाई भने प्रतियोगिताबाट बाहिरिएको छ त्यस्तै आज भएको दोस्रो खेलमा उपाधिको दावेदारका रूपमा…