शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १०८ वटा कम्पनीको शेयर बढेकोमा १५० वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट, रिज लाइन इनर्जीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एशियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ…
याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तिजोक स्पोर्टिङ क्लब नवमीडाँडा पाँचथरलाई ६-० गोल अन्तरले पराजित गर्दै सैनिक ११ झापा सेमिफाइनल प्रवेश गरेको हो। सैनिकलाई जित दिलाउनका लागि घनश्याम कार्कीले ह्याट्रिक सहित चार गोल गर्दा सिमोन लिम्बु र सुजन लिम्बुले एक एक गोल गरे। उता पराजित तिजोग स्पोर्टिङ क्लब पाँचथरले भने पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन चौथो संस्करणमा भने पहिलो खेलबाटै घर फर्किएको छ l फिदिम नगरपालिका १० याङनाम स्थित इमानसिंह रङ्गशालामा आजबाट…
फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आजको खेलमा पहिलो खेलमा द नाईट एफसीलाई ३/१ ले पराजित गर्दै कर्मचारी एफसी सेमिफाइनलमा प्रबेश गरेको हो । कर्मचारीको लागि हितेन लिम्बुले २ गोल गरे भने एक अन्गोल उपहारस्वरूप पायो । नाईट एफसिका लागि सम्राट बर्देवाले एक गोल फर्काएका थिए । त्यस्तै दोस्रो खेलमा मेतालुङ एफसिले सिम्सारा एफसिलाई ७/१ को फराकिलो गोलले जित निकाल्दै सेमिमा पुग्ने दोस्रो टिम बन्यो । उस्का लागि सुदर्शन लिम्बूले ह्याटि्रक सहित ४ र सुबास गुरुङले पनि ह्याटि्रक…
चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो । उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो । 'पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय' भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार…
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरेको मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार घोप्टेभीरको २५० मिटर लामो सडकमा झन्डै ५० मिटर माथिबाट भित्तो काटेर सडकलाई थप ४ मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ । यस्तै मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।…
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज रङ्गशालाको निरीक्षण गर्दै मन्त्री पोखरेलले यो रङ्गशाला राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताउनुभयो । उहाँले यो रङ्गशाला निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने उल्लेख गर्नुभयो । धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डीपीआर, ईआईए जस्ता प्राविधिक प्रक्रियाहरू पूरा भइसकेको छ । ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण…
सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनको भाउ हिजो घटेर तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ । चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएकाे छ ।
डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका पालिका स्तरीय देउमाईकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको उपविजेता चुलाचुली गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो। योसँगै फाइनलमा देउमाई नगरपालिकासँगको भेट पक्का गरेको छ। सूर्योदयलाई जित दिलाउनको लागि क्याप्टेन सचिन यल्मो नवराज राई र मौसम राईले गोल गरे। पराजित टिमका लागि निर्धारित समयको अन्त्य अन्त्यतिर आशिष लावतीले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त नहुँदा चुलाचुली गाउँपालिका सेमिफाइनलबाट घर फर्किएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका मौसम राई म्यान अफ द म्याच बने। उनलाई जिल्ला फुटबल सङ्घ इलामका…
चैत्र १८।। इलामको देउमाईमा जारी तेस्रो संस्करण अन्तरपालिका स्तरीय देउमाईका फुटबल प्रतियोगितामा जित निकाल्दै देउमाई नगरपालिका फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार मानिएको फाकफोककथुम गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै देउमाई नगरपालिका उपाधि नजिक पुगेको हो। देउमाईलाई फाइनल पुर्याउनका लागि दोस्रो हाफको पहिलो मिनेटमै उपहार गो ल प्राप्त भयो फाकफक्थुमका स्पेन लिम्बुले क्लियर गर्ने क्रममा बलले जाली चुमेसँगै देउमाई नगरपालिकाले अग्रता बनायो। त्यसपछि जर्सी नम्बर १० का मुकेश मगरले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित तर्फ डोर्याए। फाकफोकथुम गाउँपालिकाले भने पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल बाटै घर…