साझा अक्षर

Breaking News 1

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

  इलाम ।।  इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान…
Read More
कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

काठमाडौं।। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रममा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।…
Read More
प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

काठमाडौँ।। यो वर्ष प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय भन्दा धेरै घाइते भएका छन्। विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको हो। प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति समेत भएको छ। अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।…
Read More
शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

झापा । सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आज १६औं दिन पनि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिँदैछन् । यता सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाइसकेको छ  शिक्षक महासङ्घले भने सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछि मात्रै आन्दोलन रोकिने बताउँदै आएको छ । तर उता कतिपय निजी विद्यालयमा भने नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुन थालिसकेका छन् । शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि टुङ्गो नलाग्दा शिक्षकहरूको…
Read More
बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो। सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्। कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी…
Read More
आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

आज देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

झापा।। आज वैशाख १ गते। २०८२ सालको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास गर्दै नयाँ वर्ष मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सर मध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य मेष राशिमा प्रवेश…
Read More
खुल्ला पुरुष फुटबल नकआउट प्रतियोगिता: उपाधिकालागि टि. वाइ. सी मङ्गलबारे र दानाबारी  भिड्ने

खुल्ला पुरुष फुटबल नकआउट प्रतियोगिता: उपाधिकालागि टि. वाइ. सी मङ्गलबारे र दानाबारी भिड्ने

    एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको  उपाधिका लागि  माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन । आइतबार जानकी मावि  पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले  उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ। दानाबारी  एफसीले पहिलो सेमिफाइनलमा  फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय…
Read More
खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता: दानाबारी एफसी फाइनल प्रवेश

खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता: दानाबारी एफसी फाइनल प्रवेश

एकतप्पा चैत्र ३० ।। माई नगरपालिकाको दानाबारी एफ सी पोखरी युथ क्लब फाकफोकथुम ६ द्वारा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको   पहिलो सेमिफाइनल खेलमा फुङ्गबा एफसीलाई ट्राइबेकरमा पराजित गर्दै दानाबारी एफसीले फाइनलको यात्रा तय गरेको हो।   खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै फुङ्बा एफसीले गोल गर्दै खेलमा अग्रता बनायो। फुङ्बा एफसी का जर्सी नम्बर १३ का आइकल लिम्बुले उत्कृष्ट गोल गर्दै   खेलमा अग्रता दिलाएका हुन् त्यसपछि उत्कृष्ट खेल पस्केको दानाबारी एफसीले फूङ्बा एफ सि लाई केही दबाबमा राख्दै लगातार आक्रमण…
Read More
खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता : आजका खेलसँगै सेमिफाइनल समीकरण पूरा

खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता : आजका खेलसँगै सेमिफाइनल समीकरण पूरा

  एकतप्पा चैत्र २९ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ  पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल समीकरण पूरा भएको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको  क्वाटर फाइनल खेलमा द ब्वाइज एफ सी  आमचोकलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिकाको दानावारी एफसी सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा द बोइज एफसीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै माई नगरपालिकाको दानाबारी एफसी का जर्सी नम्बर ६ का सुरज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अनुभवी खेलाडीहरूका साथ मैदान…
Read More
सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेली सेमिफाइनलमा ।

सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेली सेमिफाइनलमा ।

  बुद्धशान्ति चैत्र २९  सडन डेथमा किरात युवा क्लब लाई पराजित गर्दै आयोजक जुनेली युथ क्लब झापा बुद्धशान्ति ४ जुनेली बस्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।बिहिवारको उद्घाटन खेलमा सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेलिले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णयको लागि टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले समान ३/३ गोल गरेका थिए । आयोजक जुनेलिका लागि कप्तान प्रशान्त राई, सन्दीप घिसिङ र गगन मगरको प्रहारले जाली चुमेको थियो भने मनिस लिम्बू र रोनिसको प्रहार बिफल भयो । यता…
Read More