साझा अक्षर

Breaking News 1

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

  एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई  निक्कै दबाबमा राख्दै लगातार गोल  गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई   सुरक्षित गरेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ। पहिलो हाफको तेइसौँ मिनेटमा…
Read More
अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारामा जारी वडास्तरीय क्रिकेटमा हिजो वडा नम्बर ७ र ८ विजयी….

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ४ अर्जुनधारा नगरपालिकामा जारी प्रथम वडा स्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजोको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। १४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो…
Read More
नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

  एकतप्पा चैत्र २२ ।।  नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए । फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ। भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ…
Read More
पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

पाँचथरमा डडेलोमा परेर एकको मृत्यु तीनजना घाइते।

  झापा चैत्र २२ ।। पाँचथरको कुमममयकमा आगोले जलेर एकजनाको मृत्यु भएको छ। कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी युवतीको मृत्यु भएको हो। बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्। कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै…
Read More
आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्तामा आउन मन्त्रालयको आग्रह

आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्तामा आउन मन्त्रालयको आग्रह

काठमाडौं ।  आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकै बेला उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । त्यसका लागि शिक्षक…
Read More
रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो । आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग…
Read More
मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

  झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ…
Read More
यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

यूवा व्यवसायीद्वारा ज्येष्ठ नागरिकलाइ छाता र लौरो प्रदान

  बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ । चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे…
Read More
बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

  बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता' हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ । यस…
Read More
हत्या गरी गाडिएको अवस्थामा बिमलाको सब फेला

हत्या गरी गाडिएको अवस्थामा बिमलाको सब फेला

  झापा  ।। १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया बिमला कट्टेललाई हत्या गरी गाडेको अबस्थामा शव फेला परेको छ । हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १ गतेदेखि बिमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निबेदन दिएका थिए । अनुसन्धानको क्रममा बिमलालाई हत्या गरी फाकफोकथुम वडा नं.२ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य भइरहेको इलाम प्रहरीले जनाएको…
Read More