चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो । उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो । 'पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय' भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार…
बिर्तामोड। झापा।। "खेलाडी सम्मानको वास्तविक हकदार बने मात्र स्वस्थ समाजको निर्माण सम्भव छ" भन्ने उद्देश्यका साथ झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट ले एक विशेष सम्मान समारोह सम्पन्न गरेको छ। बिर्तामोडस्थित आदर्श ब्याक्वेटमा आयोजित उक्त समारोहमा विगत दुई वर्षदेखि विद्यालयको प्रतिष्ठा उच्च राख्ने खेलाडीहरू र विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको आयोजकले जनाएको हो। कार्यक्रमका प्रमुख अतिथि निधीका संस्थापक एवं प्रिन्सिपल रञ्जित शाहले विद्यार्थीहरूको योगदानको प्रशंसा गर्दै "विद्यार्थीहरूले विद्यालयका लागि गरेको अथक योगदानका कारण नै हामीलाई आगामी दिनमा उनीहरूका लागि अझ बढी लगानी गर्ने हौसला मिलेको बताएका छन्।"हामि अभिभावकको सपना र विद्यार्थीको इच्छालाई एकाकार गर्दै शिक्षा र खेलकुद…
डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका पालिका स्तरीय देउमाईकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको उपविजेता चुलाचुली गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो। योसँगै फाइनलमा देउमाई नगरपालिकासँगको भेट पक्का गरेको छ। सूर्योदयलाई जित दिलाउनको लागि क्याप्टेन सचिन यल्मो नवराज राई र मौसम राईले गोल गरे। पराजित टिमका लागि निर्धारित समयको अन्त्य अन्त्यतिर आशिष लावतीले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त नहुँदा चुलाचुली गाउँपालिका सेमिफाइनलबाट घर फर्किएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका मौसम राई म्यान अफ द म्याच बने। उनलाई जिल्ला फुटबल सङ्घ इलामका…
देउमाई इलाम ।। देउमाई स्पोर्टिङ्ग क्लबको आयोजनामा सञ्चालित पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटर फाइनलमा जित निकाल्दै सूर्योदय नगरपालिका अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ यस अघिका खेलबाट देउमाई नगरपालिका चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका अन्तिम ४ मा प्रवेश गरिसकेका छन् आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा ट्राइबेकरबाट जित निकाल्दै गत संस्करणको विजेता सूर्योदय नगरपालिका सेमीफाइनल प्रवेश गरेको हो। ट्राइबेकरमा माङ्सेबुङ गाउँपालिकालाई ३-२ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनलमा चुलाचुलीसँगको भेट पक्का गरेको हो। खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता माङ्सेबुङ गाउँपालिकाले लिएको हो। उसका लागि जर्सी नम्बर…
झापा ।झापाको बिर्तामोडमा सञ्चालन भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापनले जनाएको छ। करिब दश वर्षअघि शुरू भएको कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्। कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१…
काठमाण्डाै।१७ माघ।। गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा घरेलु टाेली गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो…
झापा। नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले शिक्षा क्षेत्रको आमूल सुधार नगरी देश विकासको कल्पना सम्भव नहुने बताएका छन् । राजनीतिक प्रणाली पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि शिक्षा नीति भने दशकौँ अघिकै ढाँचामा अड्किएको भन्दै त्यसकै परिणामस्वरूप मुलुकले अपेक्षित प्रगति हासिल गर्न नसकेको उनको भनाइ छ । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२८ सालको शिक्षा नीतिलाई आधार मानेर आज पनि शिक्षा प्रणाली सञ्चालन भइरहेको उल्लेख गरे । ‘मुलुकमा पञ्चायत गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर शिक्षा क्षेत्रमा सार्थक परिवर्तन आउन सकेन,’ उनले भने, ‘यसैले हाम्रो शिक्षा…
काठमाण्डाै।। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्त सम्मको प्रतिवेदन अनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो । साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सरकारले पुस महिनामा…
झापा।पौष २३।। अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने नेपालीले पनि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेश गर्नुपर्ने छ । भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित भने हुँदैन । अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ । जसमा दक्षिण एशियाका देशहरू बङ्गलादेश र भुटान पनि छन् । अमेरिकाको यात्रा गरेर…