साझा अक्षर

खेलकुद

सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेली सेमिफाइनलमा ।

सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेली सेमिफाइनलमा ।

  बुद्धशान्ति चैत्र २९  सडन डेथमा किरात युवा क्लब लाई पराजित गर्दै आयोजक जुनेली युथ क्लब झापा बुद्धशान्ति ४ जुनेली बस्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।बिहिवारको उद्घाटन खेलमा सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेलिले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णयको लागि टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले समान ३/३ गोल गरेका थिए । आयोजक जुनेलिका लागि कप्तान प्रशान्त राई, सन्दीप घिसिङ र गगन मगरको प्रहारले जाली चुमेको थियो भने मनिस लिम्बू र रोनिसको प्रहार बिफल भयो । यता…
Read More
खुल्ला पुरुष फुटबल प्रतियोगिता: हिजो रोकिएका दुई  खेल आज हुँदै

खुल्ला पुरुष फुटबल प्रतियोगिता: हिजो रोकिएका दुई खेल आज हुँदै

  एकतप्पा चैत्र २९  खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ पोखरी युथ क्लब  फाकफोकथुम ६ को आयोजनामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो रोकिएका दुई क्वार्टर फाइनलका खेलहरु आज सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष सुवास गुरुङले जानकारी दिएका छन्। नियमित तालिका अनुसार हिजोका खेलहरू अविरल वर्षाका कारण रोकिएका थिए। दोस्रो क्वार्टर फाइनलका खेल अन्तर्गत आज पहिलो खेल दानाबारी एफसीले द बोइज आमचोकको सामना गर्दा दोस्रो खेलमा आयोजक पोखरी युथ क्लबले चमैता एफसीको सामना गर्नेछ तालिका अनुसार आज र भोलि एकएक सेमिफाइनलका खेलहरू रहे पनि वर्षाका कारण खेल रोकिन पुगेकाले सेमिफाइनलका दुवै खेल भोलि…
Read More
खुल्ला पुरुष फुटबल प्रतियोगिता: फुङ्बा एफसी र टी. वाई. सी मङ्गलबारे सेमिफाइनल प्रवेश

खुल्ला पुरुष फुटबल प्रतियोगिता: फुङ्बा एफसी र टी. वाई. सी मङ्गलबारे सेमिफाइनल प्रवेश

  एकतप्पा चैत्र २७ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ  पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत  आज बाट क्वाटर फाइनलका खेलहरू सुरु भएका छन्। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको पहिलो क्वाटर फाइनल खेलमा मनोकामना एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फुङ्बा एफसी समी फाइनलमा प्रवेश गरेको छ। खेलको दोस्रो हाफमा फुङ्बा एफसीका जर्सी नम्बर १४ का पुरन राईले उत्कृष्ट फ्रिकीक गोल गर्दै टोलीलाई अग्रता दिलाए।  मनकामना एफसीका खेलाडीले फुङ्बा एफसीका खेलाडीलाई फल गरेपछि पाएको फ्री किकमा  कुनै गल्ती नगरी उनले गोल गरे। मनकामना एफसीका…
Read More
खुल्ला पुरुष फुटबल प्रतियोगिता : आज भएको खेलमा दानाबारी एफ सी र चमैता एफ सी विजयी

खुल्ला पुरुष फुटबल प्रतियोगिता : आज भएको खेलमा दानाबारी एफ सी र चमैता एफ सी विजयी

एकतप्पा चैत्र २५ ।। 'खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि' भन्ने मुख्य नाराका साथ  पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिन भएको खेलमा विजय हुँदै दानाबारी एफसी र चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको  खेलमैदानमा आज भएको पहिलो खेलमा चौबन्दी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिका १को टोली दानाबारी एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ। उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको चौबन्दी एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किनु परेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा  द…
Read More
पुरुष खुल्ला फुटबल प्रतियोगिता: द बोइज र पोखरी युथ क्लबको विजय सुरुवात

पुरुष खुल्ला फुटबल प्रतियोगिता: द बोइज र पोखरी युथ क्लबको विजय सुरुवात

  एकतप्पा चैत्र २५ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेलबाट जित निकाल्दै  द बोइज र आयोजक पोखरी युथ क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा हेन्सी स्टार राँकेलाई  लाई सडन डेथमा पराजित गर्दै  द ब्वाइज आमचोक अघिल्लो चरणमा प्रवेश गरेको छ।   निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेसगै खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले ४-४ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा द  ब्वाइज एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय…
Read More
अर्जुनधारा वडास्तरीय टि-­टवेन्टी क्रिकेट प्रतियोगिता फाइनलमा वार्ड नं  ४ र ८ भिड्ने

अर्जुनधारा वडास्तरीय टि-­टवेन्टी क्रिकेट प्रतियोगिता फाइनलमा वार्ड नं ४ र ८ भिड्ने

  अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-­टवेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्जुनधारा ४ र अर्जुनधारा ८ भिड्ने भएका छन्। आज दुवै सेमिफाइनल खेल सम्पन्न भएसंगै अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि ४ नम्बर वडा र ८ नम्बर वडाको टिम भिड्ने पक्का भएको हो। आज भएको पहिलो सेमिफाइनल खेलबाट वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो। टस जितेर वडा नम्बर २ ले बलिङ रोजेपछि खेलको पहिलो इन्निङमा वडा नम्बर ८ले ब्याटिङ गरेको थियो। २० ओभरको खेलमा वडा नम्बर ८ले पाँच विकेट गुमाएर १५६ रन बनायो । वडा नम्बर ८…
Read More
प्रथम वडा स्तरीय क्रिकेटमा आज अर्जुनधारा ८ सेमिफाइनल प्रवेश

प्रथम वडा स्तरीय क्रिकेटमा आज अर्जुनधारा ८ सेमिफाइनल प्रवेश

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो। अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो। वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन…
Read More
एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

  एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई  निक्कै दबाबमा राख्दै लगातार गोल  गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई   सुरक्षित गरेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ। पहिलो हाफको तेइसौँ मिनेटमा…
Read More
नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

  एकतप्पा चैत्र २२ ।।  नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए । फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ। भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ…
Read More
बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने

  बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता' हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ । यस…
Read More