मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
झापा। बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ।हाल बढ्दै गएको रगत अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो। सहाराले सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए । साहारा नेपाल साकोसको ३० औं स्थापना दिवसको अवसरमा ८१ युनिट रगत संकलन भएको जनाइएको छ। यता सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको र आज…
काठमाडौं । आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहेकै बेला उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । त्यसका लागि शिक्षक…
झापा।। अहिलेको समयमा बिभिन्न ठाउँहरूमा सुकेका पातहरू धेरै हुने अथवा धेरै स्थानमा सुक्खाहुने समय छ। सुक्खा समय भएकै कारण धेरै भागमा डढेलोको जोखिम प्राय हरेक वर्ष हुने गरेको पाईन्छ।यस वर्ष पनि सामुदायिक, निजी र राष्ट्रिय वनमा डढेलो लागिरहेको पाइन्छ। विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको उनिहरूको भनाई रहेको छ। त्यसो त सरकारले हरेक वर्ष वन डढेलो सम्बन्धित जनचेतना सप्ताह लगाएतका डढेलो नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्दछ तर अझैपनी धेरै प्रयासहरु प्रभावकारी हुन नसक्दा यो समस्या…
काठमाडौं।। आज शेयर बजार परिसूचक नेप्से २३ दशमलव ८६ अङ्कले बढेको छ। हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको हो। उकालो लागेको तथ्याङ्क नियाल्दा उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको देखिन्छ।त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।तर आज बजार बढेको दिन पनी बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको पाइयो। समग्रमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज…
इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया…
झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो । आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग…
झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ…
बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ । चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे…
बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता' हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ । यस…