बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ । खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको…
बिर्तामोड माघ २८।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन इंग्लिश स्कुल विर्तामोडले जितेको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज सम्पन्न फाईन खेलमा निधि सैकेण्डरी स्कुललाई २–० गोल अन्तरले ले पराजित गर्दै कन्चन च्याम्पियन बनैको हो प्रतियोगिताको तेश्रो संस्करणको च्याम्पियन बन्ने क्रममा रोशन उराङ र कप्तान अन्स लिम्बुले गोल गरे । च्याम्पियन कन्चनले उपाधि सँगै आकर्शक ट्रफी मेडल हात पार्यो । उपविजेता निधिले रनरअप ट्रफि हात पार्यो । विधागत तर्फ उत्कृष्ट घोषित खैलाडीहरुलाई पनि आकर्षक ट्रफि प्रदान गरीएकौ थियो । फाइनल विजेता तथा उपविजेता टोलीलाई…
झापा ।झापाको बिर्तामोडमा सञ्चालन भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापनले जनाएको छ। करिब दश वर्षअघि शुरू भएको कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्। कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१…
बिर्तामोड माघ २६ ।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज स क्वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै अन्तीम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । पहिलो क्वाटरफाईनल खेलमा साविक विजेता इष्ट होराईजन विरुद्ध २ - १ गोलअन्तरको सागुरो जित निकाल्दै गोमेन्द्र विरता मोडल स्कुल सेमीफाईन प्रबेश गर्यो । यस्तै दोश्रो क्वाटरफाईनलमा व्रिलियन्ट्स पुपिल्सलाई २–० गोल अन्तरले पाखा लगाउदै कन्चनजंगा सेकेण्डरी स्कुल अन्तिम चार मा प्रवेश गर्यो । तेश्रो क्वाटरफाईनल भिडन्तमा बालबाटिका इंग्लीस स्कुललाई २,-० गोलले पाखा लगाउदै…
बिर्तामोड माघ २५।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिता क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेष्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा गोमेन्द्र विरता मोडेलले टावर टेम्पल इंग्लीस स्कुललाई पराजित २-० गोल अन्तरले पराजित गर्यो। । यस्तै दोस्रो खेलमा न्युटन्स एजुकेशन एकेडेमीले हरीकुल इंग्लीस स्कुल लाई समान २-० गोल अन्तरले नै परायजित गर्यो । आजै सम्पन्न तेस्रो खेलमा मेची सेकेण्डरी स्कुल लाई ४-१ गोलले हराउदै निदि सेकेण्डरी स्कुल पनि क्वाटरफाईनलमा प्रबेश गरे सँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत भोली क्वाटर फाइनलका चार खेल…
बिर्तामोड माघ २४ ।। स्व हरिकुमार प्रसाई स्मृति तेस्रो झापा जिल्ला अन्तर स्कुल अन्डर १३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै इस्ट होराइजन इङ्लिस स्कुल मेचीनगर ब्रीलियन्ट पिपुल्स अर्जुनधारा कञ्चन इङ्लिस स्कुल बिर्तामोड र बालबाटिका स्कुल मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेका छन् बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज भएको पहिलो खेलमा सुनगाभा इङ्लिस स्कुल बिर्तामोडलाई ३-१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इस्ट होराइजन मेचीनगर अघिल्लो चरणमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो खेलमा होलीबेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै ब्रिलियन्ट पिपुल्स स्कुल अर्जुनधारा विजयी भयो। त्यस्तै आज नै भएको तेस्रो खेलमा…
बिर्तामोड, माघ २४ । आजबाट झापा गोल्डकप सुरु भएको छ। उद्घाटन खेलमा झापा ११ विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका…
समाज, संस्था वा पेशागत क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वासयोग्य बनाउन आचारसंहिता अत्यन्त आवश्यक हुन्छ। आचारसंहिता भनेको व्यक्तिको व्यवहार, कर्तव्य र जिम्मेवारीलाई निर्देशित गर्ने नियम–मान्यताहरूको समष्टि हो। यो केवल लिखित नियमको संग्रह मात्र होइन, नैतिकता, अनुशासन र उत्तरदायित्वको आधार पनि हो। त्यसैले आचारसंहिता पालना गर्नु कुनै बाध्यता मात्र नभई सचेत नागरिक र जिम्मेवार व्यक्तिको पहिचान हो। विश्वास र विश्वसनीयता कायम गर्न:-आचारसंहिता आवश्यक हुन्छ। जब कुनै व्यक्ति, संस्था वा पेशाले तोकिएको आचारसंहिता पालना गर्छ, तब समाजमा उसप्रति विश्वास बढ्छ। उदाहरणका लागि, पत्रकारले पत्रकारिताको आचारसंहिता पालना गरे सत्य, निष्पक्ष र उत्तरदायी समाचार आउँछ, जसले पाठकको भरोसा जित्छ। विश्वास बिना कुनै पनि सम्बन्ध (व्यक्तिगत,…
काठमाण्डाै।१७ माघ।। गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा घरेलु टाेली गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो…
झापा माघ १५ ।। आगामी फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचन लागि मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा सम्पर्क कार्यालय स्थापना गरेको छ। झापा बिर्तामोड ५ स्थित बि एन्ड सी हस्पिटलको अगाडिपट्टि उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरिएको हो। झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सी के बेघा र उज्यालो नेपाल पार्टी प्रदेश नं एक अध्यक्ष बिराज आङ्देम्बे लिम्बूले रिबन काटेर एकसाथ कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख तथा नीवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा रहेको उज्यालो नेपाल…