साझा अक्षर

आज शेयर बजार ओरालो लाग्यो

आज शेयर बजार ओरालो लाग्यो

आज शेयर बजार ओरालो लाग्यो

काठमाण्डाै। आज शेयर बज नेप्से कारोबार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ। गत आइतवार १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेकोमा आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ। विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतले घटेको छ भने समग्र बजार घट्दा ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर १० प्रतिशतले बढ्यो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २०…
Read More
बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

  बिर्तामोड जेठ १  ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बिर्तामोड  वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा  आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका  १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए। बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी स‌द्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले  खेलको आयोजना गरिएको राजवंशीले बताए…
Read More
जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सगरमाथा संवाद हुने

जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सगरमाथा संवाद हुने

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिएकी हुन्। उनले संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग 'साइडलाइन' भेटवार्ताको व्यवस्था गरिएको बताइन्। संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले…
Read More
खुकुरी प्रहार गरी श्रीमतीको हत्या श्रीमान पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या श्रीमान पक्राउ

  झापा वैशाख २८ ।। झापाको कन्काई नगरपालिकामा श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। हिजो वैशाख २७ गते शनिबार बेलुकी कन्काई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने ३५ वर्षका कविराज हेमरनले आफ्नो श्रीमती ३४ वर्षकी पुजा हेमरन लाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरैमा झै-झगडा गरी श्रीमती लाई धारीलो हतियार खुकरीले घाटिमा प्रहार गरि मारेको अवस्थामा पूजाको सब फेला परेको थियो। श्रीमतीको हत्यापछि फरार रहेका कविराजलाई प्रहरीले खोजतलासको क्रममा सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको बताइएको छ। मृत पूजाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले बताएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको…
Read More
निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

  मेचीनगर बैशाख २७ ।। युथ क्लब जोरसिमल यहाँ जारी प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल  फाइनल प्रवेश गरेको हो। आयोजकको तर्फबाट रेजिन सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उनले राइट ह्यान्ड साइडबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।   त्यही  उनले गरेको गोल नै निर्णायक भएसँगै आयोजकले फाइनलको यात्रा तय गरेको हो। राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ  रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकले पूरा अवधि झापा एफसीलाई दबाबमा राख्न सफल भयो पराजित झापा एफसीले…
Read More
निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

मेचीनगर बैशाख २५  प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा उर्लाबारी फुटबल क्लबलाई पराजित गर्दै आयोजक युथ क्लब जोर्सीमल सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नं ७ स्थित जोरसीमल खेल खेलमैदानमा आज भएको खेलमा उर्लाबारी fc मोरङलाई ४–१ गोल अन्तर पराजित गर्दै युथ क्लब जोरसिमल अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा  राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पूर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हाफमा केही अवसरहरू गुमाउँदा थप गोल…
Read More
निलसरी च्यालेन्ज कप: रेड हर्ष इलाम सेमिफाइनल प्रवेश

निलसरी च्यालेन्ज कप: रेड हर्ष इलाम सेमिफाइनल प्रवेश

  झापा वैशाख २४ ।।झापाको मेचीनगर ७ जोरसिमलमा जारी निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा जीत निकाल्दै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ। आज भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  हराउँदै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको हो। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा  भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  २–१ गोल अन्तरले पराजित गर्दै रेड हर्स फुटबल क्लब इलामले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलमा  दिपेश राई र सन्देश खवासले एक एक गोल गरे। राईले पहिलो हाफको ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा दिपेश…
Read More
काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…
Read More
निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

  झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट 'पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता' सुरु भएको छ। आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी  सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा   भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि  २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा  हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक  राई…
Read More
बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

  बिर्तामोड वैशाख २१ ।।  झापाको बिर्तामोडमा  जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं ५ मा अवस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् । आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि…
Read More