साझा अक्षर

नेपालकै पहिलो एआई अन्तर्राष्ट्रिय सम्मेलन बिर्तामोडमा

नेपालकै पहिलो एआई अन्तर्राष्ट्रिय सम्मेलन बिर्तामोडमा

नेपालकै पहिलो एआई अन्तर्राष्ट्रिय सम्मेलन बिर्तामोडमा

  बिर्तामोड असार ५ ।।  इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५)  अन्तर्राष्ट्रिय सम्मेलन आगामी असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ । नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा  नुमा डिजिटल फर्मको आयोजना तथा  मेची बहुमुखी क्याम्पस भद्रपुर झापाको सहआयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र…
Read More
काँकडभिट्टा–इटहरी-लौकही एसियन हाइवे कालोपत्रे सुरु

काँकडभिट्टा–इटहरी-लौकही एसियन हाइवे कालोपत्रे सुरु

झापा असार ३ ।। एसियन हाइवे अन्तर्गत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबार देखि कालोपत्रे कार्य औपचारिक रूपमा सुरु गरिएको छ। मोरङ जिल्लाको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे सुरु भएको हो । सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार अहिले मौसम अनुकूल भएकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे गर्न सकिने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व बोकेको सडक खण्ड एसियन हाइवे सञ्जालमा पर्छ, जसले नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात र…
Read More
कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

  बिर्तामोड असार १ ।। राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ। अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै  एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद  ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ।   प्रतियोगितामा बिएनसी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्सुरेन्स सिद्धार्थ बैंक, हिमालय इन्सुरेन्स, मेची आई हस्पिटल, अजोड इन्सुरेन्स, बिर्ता…
Read More
निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

  पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो। मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी,  राजा चौधरी,  राकेश चौधरी, रहेका छन् शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो। हाल मृतक तीनै जनाको शव…
Read More
बिमान दुर्घटना खबर अपडेट

बिमान दुर्घटना खबर अपडेट

भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…
Read More
विमान दुर्घटना थप अपडेट…….

विमान दुर्घटना थप अपडेट…….

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
Read More
एअर इन्डियाको विमान दुर्घटना

एअर इन्डियाको विमान दुर्घटना

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो । यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री…
Read More
हात्ती छेक्न लगाएको करेन्टमा परी खनालको मृत्यु

हात्ती छेक्न लगाएको करेन्टमा परी खनालको मृत्यु

झापा  जेठ २८ ।।  हात्ती छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट मा पारेर  झापाको कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनालललाई आज बिहान ८:३० बजेआफ्नै बारीमा बाख्रा चराउनदा विद्युत प्रवाह भएको तारमा तारबारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
Read More
प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…
Read More
कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न !आदर्श माध्यमिक विद्यालय प्रथम

कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न !आदर्श माध्यमिक विद्यालय प्रथम

  कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा सम्पन्न भएको छ बिर्तामोड स्थित देवी माविमा सम्पन्न दर्शनीमा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए । प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए । त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको…
Read More