साझा अक्षर

Breaking News 2

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल आउनुभएको छ । चौथौ वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएकाे छ ।
Read More
देउमाइ कप फुटबल: सूर्योदय नगरपालिका र देउमाई नगरपालिका उपाधिका लागि भिड्ने

देउमाइ कप फुटबल: सूर्योदय नगरपालिका र देउमाई नगरपालिका उपाधिका लागि भिड्ने

  डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका पालिका स्तरीय देउमाईकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको उपविजेता चुलाचुली गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो। योसँगै फाइनलमा देउमाई नगरपालिकासँगको भेट पक्का गरेको छ। सूर्योदयलाई जित दिलाउनको लागि क्याप्टेन सचिन यल्मो नवराज राई र मौसम राईले गोल गरे। पराजित टिमका लागि निर्धारित समयको अन्त्य अन्त्यतिर आशिष लावतीले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त नहुँदा चुलाचुली गाउँपालिका सेमिफाइनलबाट घर फर्किएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका मौसम राई म्यान अफ द म्याच बने। उनलाई जिल्ला फुटबल सङ्घ इलामका…
Read More
पुलिसलाई हराउँदै पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

पुलिसलाई हराउँदै पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

काठमाण्डाै।१७ माघ।। गण्डकी प्रदेश भलिबल सङ्घले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा घरेलु टाेली गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । गण्डकीले दोश्रो सेट २८–२६, तेश्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्यो । यस्तै पुलिसले पहिलो सेट २५–२३ ले जित्यो । यस्तै आजै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वत तेश्रो भएको छ ।यसैगरी हिजो भएको महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो…
Read More
नेपालको पछिल्लो जनसङ्ख्या आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार

नेपालको पछिल्लो जनसङ्ख्या आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार

काठमाण्डाै।। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्त सम्मको प्रतिवेदन अनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो । साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सरकारले पुस महिनामा…
Read More
दोस्रो गरुवा कप फुटबल प्रतियोगिता आयोजक नमुना र शनिश्चरे एफसी अन्तिम चारमा प्रवेश

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता आयोजक नमुना र शनिश्चरे एफसी अन्तिम चारमा प्रवेश

  माई मंसिर २५।।   दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टर फाइनल खेलमा जित निकाल्दै आयोजक नमुना युथ क्लब र सनिश्चरे एफसी अर्जुनधारा सेमिफाइनलमा प्रवेश गरेका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सचेत युवा समूह खुल्लाबारी झापालाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक नमुना युवा क्लब अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा समूहले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै आज भएको दोस्रो खेलमा आदर्श मैदान बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी अर्जुनधारा अन्तिम चारमा प्रवेश गरेको छ। शनिश्चरेका लागि…
Read More
निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

निरन्तरको वर्षा संगै पानी बाट फैलने रोगको जोखिम उच्च हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन अनुरोध

झापा ।। केही दिन अगाडी बाट नियमित रुपमा पानी परेर देशका धेरै ठाउँमा बाढीपहिरो र डुबान भएका कारण पानी बाट फैलिने रोगको जोखिम उच्च हुने भएका कारण त्यसकुरामा सतर्कता अपनाउन आवश्यक देखिएको छ। बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरिएको छ । विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन…
Read More
हमास द्वारा विपिन सहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक

हमास द्वारा विपिन सहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ। हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ। प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ।अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि…
Read More
विमान दुर्घटना थप अपडेट…….

विमान दुर्घटना थप अपडेट…….

दुई सय ४२ यात्रु बोकेर लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान उडान भरेको केहीबेरमै विस्फोट भएको थियो। एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि १:४० बजे विमानस्थल नजिकै दुर्घटनाग्रस्त भयो। विमान विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो अफिस नजिकै खसेको थियो। प्रारम्भिक रिपोर्टका अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। हालसम्म प्राप्त जानकारी अनुसार, टेकअफका क्रममा विमान विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको थियो। यद्यपि, दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
Read More
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा हिजो भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । हिजो साँझ ७ः५५ बजे सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकलमा घर विदा पूरा गरी व्यारेकतर्फ जादैगर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका जनाइएको छ। दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…
Read More
काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…
Read More