झापा भाद्र १३ ।। झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…
बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…
बिर्तामोड ।। झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…
बिर्तामोड जेठ ४ ।। झापाको बिर्तामोडमा सञ्चालित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नं ३ ले जितेको छ। आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको टिम बिर्तामोड नगरपालिका वडा नं ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो। पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले फाइनल यात्रा तय गरेको थियो भने वडा नं ७ लाई सोझो सेटमा नै पराजित गर्दै वार्ड नम्बर ६ ले फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो। फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ६…
बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६ र ७ सेमिफाइनलमा प्रवेश गरेका छन्। वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २…
बिर्तामोड जेठ १ ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बिर्तामोड वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए। बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले खेलको आयोजना गरिएको राजवंशीले बताए…
मेचीनगर बैशाख २७ ।। युथ क्लब जोरसिमल यहाँ जारी प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल फाइनल प्रवेश गरेको हो। आयोजकको तर्फबाट रेजिन सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उनले राइट ह्यान्ड साइडबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो। त्यही उनले गरेको गोल नै निर्णायक भएसँगै आयोजकले फाइनलको यात्रा तय गरेको हो। राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकले पूरा अवधि झापा एफसीलाई दबाबमा राख्न सफल भयो पराजित झापा एफसीले…
मेचीनगर बैशाख २५ प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा उर्लाबारी फुटबल क्लबलाई पराजित गर्दै आयोजक युथ क्लब जोर्सीमल सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नं ७ स्थित जोरसीमल खेल खेलमैदानमा आज भएको खेलमा उर्लाबारी fc मोरङलाई ४–१ गोल अन्तर पराजित गर्दै युथ क्लब जोरसिमल अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पूर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हाफमा केही अवसरहरू गुमाउँदा थप गोल…
झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट 'पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता' सुरु भएको छ। आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक राई…
बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं ५ मा अवस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् । आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि…