झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ" भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो। ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।…
बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ । आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो। बुट्टाबारी युनाइटेडका क्याप्टेन प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी…
बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ पाहुना टोली कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको छ । आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी…
बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११ फुट्बल क्ल्ब सेमिफाईनलमा प्रवेस गरेको छ । आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो। दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक…
बिर्तामोड वैशाख ८।। स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ। स्यालडाँगी युवा परिवारको खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई पराजित गर्दै आयोजक स्यालडाँगी युवा परिवार सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ - ० गोल अन्तरले पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफमा १ - ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर…
बिर्तामोड वैशाख ८।। स्यालडाँगी युवा क्लबको आयोजनामा प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता बैशाख ८ गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा इलाम र झापाका गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ। आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद…
अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो । नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो । ‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका…
एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन । आइतबार जानकी मावि पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ। दानाबारी एफसीले पहिलो सेमिफाइनलमा फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय…
एकतप्पा चैत्र ३० ।। माई नगरपालिकाको दानाबारी एफ सी पोखरी युथ क्लब फाकफोकथुम ६ द्वारा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा फुङ्गबा एफसीलाई ट्राइबेकरमा पराजित गर्दै दानाबारी एफसीले फाइनलको यात्रा तय गरेको हो। खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै फुङ्बा एफसीले गोल गर्दै खेलमा अग्रता बनायो। फुङ्बा एफसी का जर्सी नम्बर १३ का आइकल लिम्बुले उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका हुन् त्यसपछि उत्कृष्ट खेल पस्केको दानाबारी एफसीले फूङ्बा एफ सि लाई केही दबाबमा राख्दै लगातार आक्रमण…
एकतप्पा चैत्र २९ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल समीकरण पूरा भएको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको क्वाटर फाइनल खेलमा द ब्वाइज एफ सी आमचोकलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिकाको दानावारी एफसी सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा द बोइज एफसीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै माई नगरपालिकाको दानाबारी एफसी का जर्सी नम्बर ६ का सुरज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अनुभवी खेलाडीहरूका साथ मैदान…