साझा अक्षर

खेलकुद

देउमाई कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

देउमाई कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

  देउमाई इलाम ।। देउमाई स्पोर्टिङ्ग क्लबको आयोजनामा सञ्चालित पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटर फाइनलमा जित निकाल्दै सूर्योदय नगरपालिका अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ यस अघिका खेलबाट देउमाई नगरपालिका चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका अन्तिम ४ मा प्रवेश गरिसकेका छन् आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा ट्राइबेकरबाट जित निकाल्दै गत संस्करणको विजेता सूर्योदय नगरपालिका सेमीफाइनल प्रवेश गरेको हो। ट्राइबेकरमा माङ्सेबुङ गाउँपालिकालाई ३-२ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनलमा चुलाचुलीसँगको भेट पक्का गरेको हो। खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता माङ्सेबुङ गाउँपालिकाले लिएको हो। उसका लागि जर्सी नम्बर…
Read More
देउमाई कप फुटबल, माइजोगमाइलाई हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश

देउमाई कप फुटबल, माइजोगमाइलाई हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश

  देउमाई इलाम ।। पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै चुलाचुली गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ। प्रतिस्पर्धी माइजोगमाई गाउँपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै चुलाचुली अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो। खेलमा सुरुवाती अग्रता भने माइजोगमाई गाउँपालिकाले गरेको हो। माइजोगमै गाउँपालिकाका लागि जर्सी नम्बर १४ का सर्जन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै समय टिक्न सकेन । माइजोगमाईलाई लगातार दबाबमा राख्दै जर्सी नम्बर ७ का विकास लिम्बुले गोल गर्दै चुलाचुलीलाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन पहिलो हाफ एकएकको बराबरीमा सकियो। दोस्रो हाफमा…
Read More
पालिका स्तरीय देउमाईकप सुरु, उद्घाटन खेलमा देउमाई नगरपालिका विजयी

पालिका स्तरीय देउमाईकप सुरु, उद्घाटन खेलमा देउमाई नगरपालिका विजयी

  देउमाई इलाम ।।   देउमाई स्पोर्टिङ क्लब को आयोजनामा पालिका स्तरीय प्रतिष्ठित देउमाई कप फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। स्थानीय स्तरमा फुटबलको विकास, प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले सुरुवातदेखि नै रोमाञ्चक प्रतिस्पर्धा देखाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए। पहिलो हाफमै सन्दकपुर गाउँपालिकाले अग्रता लियो। टोलीका कप्तान विनोद धमला ले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेपछि सन्दकपुर खेलमा १–० ले अघि बढेको थियो। उक्त गोलपछि सन्दकपुरले केही समय खेलमा नियन्त्रण जमाए पनि देउमाईले…
Read More
देउमाई कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने

देउमाई कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने

  देउमाई इलाम ।। तेस्रो संस्करणको अन्तरपालिका स्तरीय देउमाई कप फुटबल प्रतियोगिता २०८२ को खेलतालिका सार्वजनिक गरिएको छ। देउमाई स्पोर्टिङ क्लबको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, क्लबका पदाधिकारी, खेलाडी  गाउँपालिकाका खेल प्रतिनिधि तथा पत्रकारहरूको  उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको खेलतालिका अनुसार  उद्घाटन खेल चैत्र १४ गते देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकाबीच हुनेछ। उद्घाटन खेललाई विशेष रूपमा भव्य बनाइने र स्थानीय दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। त्यसैगरी, दोस्रो खेल चैत्र १५ गते चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिकाबीच हुनेछ भने चैत्र १६ गते माई नगरपालिका र फाकफोकथोम गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ।…
Read More
तेस्रो देउमाई कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

तेस्रो देउमाई कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

  देउमाई इलाम ।। तेस्रो सस्करण अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता “देउमाई कप–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ। देउमाई स्पोर्टिङ क्लब को आयोजनामा चैत १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम जिल्लाका १० वटा स्थानीय तहका टोलीहरू सहभागी हुने भएका छन्। प्रतियोगिताले स्थानीय तहस्तरमा खेलकुद गतिविधि सशक्त बनाउने र युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ। जिल्लामा फुटबल खेलको विकास र नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिने यस प्रतियोगिताले यसपटक अझ व्यापक सहभागिता र उत्साह पाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा इलामका १० स्थानीय तहहरूको सहभागीता रहनेछ।  इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, सूर्योदय…
Read More
घुमौँ झापा साइकलमा कार्यक्रम सम्पन्न

घुमौँ झापा साइकलमा कार्यक्रम सम्पन्न

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको हो । कार्यक्रम फागुन ३०, चैत १ र २ गते भएको थियो । क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार राइडरहरुले झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरेका थिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइएको क्लबका सचिव हिमाल खरेलले जानकारी दिए । पहिलो दिन ६० किलोमिटरको यात्रा भएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु…
Read More
पूर्वी नेपालमा महिला फुटबलको नयाँ इतिहास : झापा र इलाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

पूर्वी नेपालमा महिला फुटबलको नयाँ इतिहास : झापा र इलाममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

  झापा  ।। पूर्वी नेपाल फेरि एकपटक फुटबलको उत्साहले तात्न लागेको छ। नयाँ वर्ष २०७३ सालको अवसर पारेर झापा र इलाममा दुई ठूला अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएका छन्। यी प्रतियोगिताले महिला फुटबलको विकासमा नयाँ इतिहास कोर्ने अपेक्षा गरिएको छ। झापाको चन्द्रगढी युवा क्लबको आयोजनामा वैशाख ५ गतेदेखि वैशाख १४ गतेसम्म मेची रङ्गशालामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो पुरस्कार राशि नेपालमा महिला फुटबलतर्फ हालसम्मकै सबैभन्दा ठूलो हुनसक्ने दाबी गरिएको छ। ठूलो पुरस्कार राशिका कारण पनि प्रतियोगिता अझ आकर्षक बन्ने विश्वास गरिएको छ। त्यसैगरी,…
Read More
पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

  फाकफोकथुम इलाम ! फागुन २४।।   नयाँ वर्ष २०८३ को अवसरमा पोखरी युथ क्लबको आयोजनामा तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ मा रहेको जानकी माविको खेलमैदानमा आगामी चैत २२ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गते सम्पन्न हुने गरी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, गाउँ–गाउँमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने तथा ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। यस प्रतियोगितामा इलाम, पाँचथर तथा झापा जिल्लाका उत्कृष्ट टोलीहरूको…
Read More
स्व गुरुभक्त न्यौपाने स्मृति कप फागुन ३ देखि सुरु, खेलतालिका सार्वजनिक

स्व गुरुभक्त न्यौपाने स्मृति कप फागुन ३ देखि सुरु, खेलतालिका सार्वजनिक

  बिर्तामोड फागुन १ ।। स्वर्गीय गुरुभक्त न्यौपाने स्मृति नकआउट फुटबल प्रतियोगिता(कञ्चनजङ्गा कप) फागुन ३ गतेदेखि  हुने भएको छ। कञ्चनजङ्गा इङ्लिस सेकुन्डरी स्कुल बिर्तामोड ४ झापाको खेल मैदानमा संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेको स्मृतिमा कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। झापाको बिर्तामोड नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत  कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा सहभागी हुन पाउने छन्। आज विद्यालय परिसरमा  खेलतालिका सार्वजनिक गर्दै आयोजक विद्यालयले विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउनका लागि, पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन र विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय गुरुभक्त न्यौपानेले  शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई जीवन्त राख्नका लागि…
Read More
मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

  बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ । खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको…
Read More