झापा।। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउगरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चन्द्रगढी बिमानस्थलतर्फ लिएर गएको छ । गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ । राष्ट्र, राष्ट्रियता, धर्म,…
बुद्धशान्ति चैत्र २९ सडन डेथमा किरात युवा क्लब लाई पराजित गर्दै आयोजक जुनेली युथ क्लब झापा बुद्धशान्ति ४ जुनेली बस्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।बिहिवारको उद्घाटन खेलमा सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेलिले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णयको लागि टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले समान ३/३ गोल गरेका थिए । आयोजक जुनेलिका लागि कप्तान प्रशान्त राई, सन्दीप घिसिङ र गगन मगरको प्रहारले जाली चुमेको थियो भने मनिस लिम्बू र रोनिसको प्रहार बिफल भयो । यता…
काठमाडौं।। आजको समय बिज्ञान र प्रविधिको हो। समय अनुसार ठुला साना बिभिन्न सामग्री हरूको बिकास भईरहेको छ। समय अनुसार सोहि सामग्रीहरूको प्रयोग गरि आफ्नो दैनिकी चलाइरहेको पाइन्छ जस्ले गर्दा हरेक काम सहजै सम्पन्न भएको पनी पाइन्छ। यसै समयमा बिकास भएको एक यन्त्र हो स्मार्ट फोन।पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ । अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन…
एकतप्पा चैत्र २९ खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ को आयोजनामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो रोकिएका दुई क्वार्टर फाइनलका खेलहरु आज सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष सुवास गुरुङले जानकारी दिएका छन्। नियमित तालिका अनुसार हिजोका खेलहरू अविरल वर्षाका कारण रोकिएका थिए। दोस्रो क्वार्टर फाइनलका खेल अन्तर्गत आज पहिलो खेल दानाबारी एफसीले द बोइज आमचोकको सामना गर्दा दोस्रो खेलमा आयोजक पोखरी युथ क्लबले चमैता एफसीको सामना गर्नेछ तालिका अनुसार आज र भोलि एकएक सेमिफाइनलका खेलहरू रहे पनि वर्षाका कारण खेल रोकिन पुगेकाले सेमिफाइनलका दुवै खेल भोलि…
झापा।। आज बिहानै देखि झापा,ईलाम सुनसरी, सोलुखुम्बु लगाएत धेरै ठाउँहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले झापा सहित देशका विभिन्न भागमा मेघगर्जन वर्षा भएको हो। पानि पर्न केही समय रोकिए पनि आज दिनभर र भोलि सम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली…
एकतप्पा चैत्र २७ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज बाट क्वाटर फाइनलका खेलहरू सुरु भएका छन्। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो क्वाटर फाइनल खेलमा मनोकामना एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फुङ्बा एफसी समी फाइनलमा प्रवेश गरेको छ। खेलको दोस्रो हाफमा फुङ्बा एफसीका जर्सी नम्बर १४ का पुरन राईले उत्कृष्ट फ्रिकीक गोल गर्दै टोलीलाई अग्रता दिलाए। मनकामना एफसीका खेलाडीले फुङ्बा एफसीका खेलाडीलाई फल गरेपछि पाएको फ्री किकमा कुनै गल्ती नगरी उनले गोल गरे। मनकामना एफसीका…
काठमाडौं।। शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकिएर नतिजा पनि आउन थालिसकेको अवस्था छ। चालु शैक्षिक सत्र सकिन लाग्दा नयाँ शैक्षिक सत्र २०८२ को स्वागत तर्फ समग्र शिक्षा क्षेत्र अगाडी बढिरहेको देखिन्छ। बैशाखको पहिलो साता बाट धेरै विद्यालयहरूमा पढाइ सुरू हुने गरेको अगाडीका वर्षहरू हेर्दा पनी अनुमान गर्न सकिन्छ।यसै कुरालाई मध्यनजर गरेर पठनपाठन सुरु हुनुअघि नै पुस्तक छपाइ सम्बन्धी काम हरू सम्पन्न गरी सम्बन्धित ठाउँमा पुर्याउने कार्य समेत सुरू भईसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय…
एकतप्पा चैत्र २५ ।। 'खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि' भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिन भएको खेलमा विजय हुँदै दानाबारी एफसी र चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो खेलमा चौबन्दी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिका १को टोली दानाबारी एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ। उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको चौबन्दी एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किनु परेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा द…
कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको जनाइएको छ । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।
बिर्तामोड चैत्र २६ झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए उनीहरूले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् । यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको…