इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब फाइनल प्रवेश गरेको छ। फाल्गुनन्द २ इम्बुङ स्थित सत्यहाङमा माविको इनम खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा चिर पारिचित प्रतिद्वन्दी ग्रीन पिस क्लब पौवासारतापलाई ट्राइबेकरमा पाँच तीन गोल अन्तरले पराजित गर्दै पराजित गर्दै आयोजक टु स्टार फाइनल प्रवेश गरेको हो। खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन त्यसपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। खेलको पहिलो हाफमा आयोजक टु स्टारले केही अवसर भने…
इम्बुङ कार्तिक १९।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्तर्गत आज दोस्रो दिन भएको खेलमा जित निकाल्दै तिजोक एफसी नमिडाँडा र राके एफसी पाँचथर सेमिफाइनलमा प्रवेश गरेका छन्। फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज भएको पहिलो खेलमा स्टार खेलाडीहरूले भरिएको ग्रिनपिस एफसी फाल्गुनन्द ३ पौवा सार्तापलाई ३–० गोल अन्तरले पराजित गर्दै तीजोक एफसी अन्तिम चारमा प्रवेश गरेको हो तिजोककालागि जर्सी नम्बर ७ का प्रणय आङदम्बेले दुई गोल गरे। प्रतिस्पर्धात्मक बनेको खेलमा फाल्गुनन्द ग्रीन पिस पौवा सारतापका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ। दोस्रो…
इम्बुङ कार्तिक १८।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब सेमिफाइनल प्रवेश गरेको छ। फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी पाथिभरा युथ क्लब चोकमागुलाई ट्राइबेकरमा पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। ट्राईबेकरमा पाथिभरालाई ५-३ गोल अन्तरले पराजित गर्दै टु स्टार ग्रामीण सृजनशील क्लब विजय भएको हो। निर्धारित समयमा दुवै टिमले उत्कृष्ट अवसरहरू सिर्जना गरेपनि फिनिसिङमा चुक्ता…
बिर्तामोड, कात्तिक १७ । एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ । झापाको शिवसताक्षीमा आज भएको खेलमा अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् । खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा रानाले सेन्टर जोनबाट लिएको फ्रिकिक चर्चको…
बिर्तामोड कार्तिक १५ ।। कही दिन देखि हराइरहेका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको शब हत्या गरी गाडेको अवस्थामा फेला परेको छ । ३२ वर्षीय शर्मा ७ दिनअघि गाडी सहित बेपत्ता भएका थिए । उनको शब हुलाकी राजमार्गमा पर्ने बारादशी गाउँपालिका र झापा गाउँपालिका बीच पर्ने बिरिङ खोलाको पुल मुनी गाडिएको अवस्थामा भेटिएको छ । उनले चलाउंदै आएको गाडि दुई दिन अघि झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । उनका परिवारका अनुसार गत आइतबारदेखि शाह र गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नखुले पनि शाहले चढ्दै आएको गाडी नम्बर…
ईलाम।। इलाम निवासी चर्चित गायक रगुन गुरूङ द्वारा फेरि श्रोतामाझ आफ्नो नयाँ आधुनिक प्रेमिल गीत “डेड कोरी कटि सके (डिम्पल गालैमा)” हालै सार्वजनिक भएको छ। उनको स्वरमा सार्वजनिक भएको यो गितले संगीतप्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ।गीतको मधुरता, रचनात्मक शब्द र समग्र प्रस्तुतीकरणले यसलाई विशेष बनाएको छ। गीतले प्रेम र स्नेहका भावनाहरूलाई सरल र सहज तरिकाले प्रस्तुत गरेको छ। श्रोताले गीत सुन्दा आफ्नै अनुभवसँग जोडेर भावनात्मक रूपमा महसुस गर्ने अवसर पाउनेछन्। गीतको शब्द, धुन र स्वरले युवा पुस्ता मात्रै नभई सबै उमेर समूहका श्रोतालाई आकर्षित गर्ने विश्वास गरिएको छ। उता गायक गुरूङले हालसम्म २२ वटा गीत रेकर्डिङ गराइसकेका र ती…
इम्बुङ कार्तिक १५ ।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। यही कार्तिक १७ गतेदेखि हुने प्रतियोगिताको लागि आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबले शुक्रबार खेलतालिका सार्वजनिक गरेको हो। आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबका अध्यक्ष अर्जुन नेम्बाङका अनुसार उद्घाटन खेल आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब र पाथिभरा एफसी बीच हुनेछ। त्यस्तै दोस्रो खेल कार्तिक १८ गते ग्रीन पिस एफसी फाल्गुनन्द ३ सार्ता र तिजोक एफसी फाल्गुनन्द एक नमिडाँडा बीच हुनेछ। सोही दिन २ बजे खुदनाबारी क्लब झापा र राके एफसी बीच प्रतिस्पर्धा हुनेछ। चौथो खेल कार्तिक १९ गते सृजनशील…
बिर्तामोड, कात्तिक १४ । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको छ । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिकाअनुसार २ दिनको मिति पछि धकेलेर प्रतियोगिता हुनेछ । उद्घाटन खेल…
झापा कार्तिक १४ ।। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भइरहेको छ । झापामा हिजो साँझदेखि नै निरन्तर पानी परिरहेको छ । चक्रवात ‘मोन्था’ को प्रभाव कायमै रहेकाले आज साँझसम्म धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा…
अर्जुनधारा कार्तिक १३ ।। झापाको अर्जुनधारामा जारी स्व मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिता अनतर्गत आज भएको खेलमा विजयी हुँदै अर्जुनधारा १ अघिल्लो चरणमा प्रवेश गरेको छ। अर्जुनधारा ९ खरबन्दी स्थित नमूना खेलमैदानमा बिहीबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–९ लाई ५–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ नं. वडा विजयी भएको हो । अर्जुनधारा–१ को जीतको लागि खेलको ३१ औं र ४४ औं मिनेटमा समिर सुब्बाले गोल गरेका थिए । त्यसैगरी खेलको २३ औं मिनेटमा विक्रम गोले, ४२ औं मिनेटमा सूर्य बहादुर तामाङ्ग र ४९ औं मिनेटमा विजय सेन्दाङले गोल गरेका थिए । खेलमा दुई गोल गर्ने विजेता…