मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ । मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् । पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा दर्जन संघ संस्थाहरुले सम्झौता गरिसकेको क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा…
सुदिप राई काठमाडौं । नेपाल नेसन्स अवार्ड २०२५ को पहिलो संस्करण यही पुस १५ गते काठमाडौंको माछापोखरी स्थित अनुपम पार्टी भेन्यु बसन्तनगरमा भव्य रूपमा सम्पन्न भएको छ। मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण दृष्टि फाउन्डेसनको संयुक्त आयोजना तथा विभिन्न सरकारी निकायहरूको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा एभेन्टोज डटकमले भोटिङ पार्टनरको भूमिका निर्वाह गरेको थियो। विशेष समन्वयको जिम्मेवारी मनखुसी फाउन्डेसन केन्द्रीय कार्यालयले सम्हालेको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम अन्तर्गत नेपाली चलचित्र गायन तर्फ उत्कृष्ट पुरुष गायक अवार्ड बाट गायक रघुन गुरुङ सम्मानित हुनुभएको छ। उहाँले नेपाली चलचित्रको चर्चित गीत “काली काली प्यारी दिलवाली” मार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल हुनुभएको…
आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै छ। विश्वभरि ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्षको उत्साहपूर्ण तयारी भइरहेको छ। विश्वका धेरै देशमा नयाँ वर्ष सुरु हुनुभन्दा अगाडी बाटै आतिशबाजी, पार्टी र परिवारसँगको भेलाको रौनक हुने गर्दछ ।यता नेपालको आधिकारिक नयाँ वर्ष बैशाख १ गते (बिक्रम सम्बत अनुसार) मनाइने भए पनि ग्रेगोरियन नयाँ वर्षलाई समेत देशको धेरै ठाउँमा उत्सवका साथ मनाउने चलन बढ्दै जान थालेको छ। शहरी क्षेत्रमा आजकै दिन न्यु ईयर इभको रुपमा मनाउने गर्छन्।विषेश गरेर नेपालका पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहा लगायतका स्थलमा अंग्रेजी नयाँ वर्षको रमझम बढी देखिन्छ त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर…
मंगलबारे इलाम।। सहारा नेपाल साकोस लिमिटेड सेवाकेन्द्र मङ्गलबारेको २९ औँ वार्षिक एकाइ साधारण सभा सम्पन्न भएको छ। देउमाई नगरपालिका वडा नम्बर ४ स्थित संस्थाको सभा हलमा हिजो सम्पन्न साधारण सभा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक विक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। समूह सेयर सदस्य कुनतादेवी बरालको प्रमुख अतिथ्यता रहेको कार्यक्रमलाई केन्द्रीय कार्यालय प्रतिनिधि तथा सहारा नेपाल सकोस् लि का सञ्चालक समिति सदस्य भोला धिताले सहजीकरण गरेका थियो। उक्त कार्यक्रम प्रेमराज राईले सञ्चालन गरेका थिए। साधारण सभाको कार्यक्रमका प्रमुख ज्यूबाट पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो। त्यस्तै साधारण सभाको अवसरमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृत्यु भएका सेयर सदस्यको…
निशान निराैला इलाम पछिल्ला आठ वर्षदेखि फिल्म क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका कलाकार प्रतिभा नारायण बिक अब दर्शकमाझ एक सशक्त कलाकारका रूपमा चिनिँदै गएका छन्। फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनी मुम्बईमा बसेर बलिउडमा समेत संघर्षरत रहे। सोही क्रममा उनले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाएका थिए। नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिकामा अभिनय गरे। त्यस्तै, म्युजिक भिडियो र वेब सिरिजमार्फत पनि उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्दै आएका छन्। हाल उनले निर्देशक रोशन दासको निर्देशनमा बन्ने नयाँ फिल्म ‘प्रतिवैरम्’ मार्फत मुख्य खलनायक अर्थात् नेगेटिभ प्रहरी…
देउमाई पौष ११ ।। तेस्रो देउमाई तरुणकप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानले दाबी गरेका छन्। आज देउमाई नगरपालिकामा अवस्थित रमणीय एवं पर्यटकीय स्थल पानीटारमा आयोजित प्रिम्याच कन्फ्रेन्समा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टिम हरेक तवरले उत्कृष्ट रहेको र उपाधि जित्ने लक्ष्यका साथ भोलि मैदान उत्रिने बताउँदै आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । प्रिम्याच कन्फ्रेन्स आयोजक समिति अध्यक्ष बिमलकाजी खम्बुको अध्यक्षता तथा जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठको प्रमुख आतिथ्यता एबम् फुटबल सङ्घ इलामका कोषाध्यक्ष र दुवै टिमका प्रशिक्षक तथा टिम क्याप्टेन…
देउमाई पौष १० ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै पहिलो संस्करणको च्याम्पियन वडा नम्बर ४ फाइनल प्रवेश गरेको छ। यो सँगै फाइनलमा वडा नम्बर ४ ले वडा नम्बर २ सँगको फाइनल भिडन्त पक्का गरेको छ। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा गोल गर्ने लक्ष्य सहित दुवै टिम मैदान प्रवेश गरे। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गर्दै वडा नम्बर ४ ले वडा नम्बर…
सुदिप राई काठमाडौँ ।। भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए पुरुष तथा महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । एनभिएले बुधबार राति कूल २० टिम सहभागी हुने च्याम्पियनसिपका खेल तालिका सार्वजनिक बिहानीसत्रमा महिला र दिउसोमा पुरुष खेल हुने तय गरेको छ । शुक्रबार हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउसो तीन बजे उद्घाटन खेल हुने भएको छ । एनभिएले हरेक दिन चार खेल हुने तय गरेको छ । बिहान दुई खेल महिला र दिउसो दुई खेल पुरुषका हुनेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम सहभागी…
देउमाई पौष ९ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ विजयी हुँदै फाइनल प्रवेश गरेको छ। अर्को उपाधि दाबेधर मानिएको वडा नम्बर ३लाई ३- २ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं २ तेस्रो संस्करणमा पनि फाइनल प्रवेश गरेको हो। पराजित भएसँगै वडा नम्बर ३ यो प्रतियोगिताबाट बाहिरिएको छ। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने वडा नम्बर ३ ले लिएको थियो। नम्बर ३ का श्याम राईले गोल गर्दै वडा नम्बर…
देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र वडा नम्बर १ सेमिफाइनल प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ४ ले…