साझा अक्षर

समाज

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

  झापा  ।। सरकार र सार्वजनिक यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न तेस्रो चरणको वार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको हो । यही सहमतिपछि आन्दोलनरत व्यवसायीले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने निर्णय गरेका हुन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका निजी सवारीसाधनलाई पनि यात्रु बोक्न दिने गरी राइड सेयरिङ सञ्चालन गर्न मिल्ने नियमावली सार्वजनिक गरेपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित भएका थिए । हस्ताक्षरित ६  बुँदाहरू  १. राइड सेयरिङ नियमावली स्थगन गण्डकीसहित प्रदेश सरकारहरूले ल्याएका निजी सवारीलाई यात्रु बोक्न दिने नियमावली कार्यान्वयनमा संघीय कानुन नबनेसम्म स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सिफारिस गर्ने…
Read More
तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

  झापा जेठ १४ ।। तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी पनि बढ्दो छ। यसै क्रममा विराटनगरमा  परैबाट विष फाल्ने दुर्लभ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो । यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ । विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् । चिकित्सकका अनुसार यो सर्पको विष…
Read More
मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

  बिर्तामोड जेठ १० ।। मङ्गल एकता टोल विकास संस्थाले एक दिने टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको मङ्गल एकता टोल विकास संस्थाले ''आफ्नो गाउँ आफैं बनाउँ सुरुवात आफैँबाट गरौँ '' भन्ने मुख्य नाराका साथ टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई अन्तर्गत मङ्गल एकता टोलमा पर्ने बाटोको दायाँबायाँको झाडी सरसफाई गर्नुको साथै बर्खा यामलाई मध्यनजर गर्दै उक्त बाटोमा पर्ने नाली समेत सरसफाई गरिएको छ। सरसफाईका लागि टोलबासीहरू स्वतफुर्त रुपमा सरसफाईका लागि आवश्यक पर्ने औजारहरू सहित उपस्थित भएका थिए। सानोसानो कामको लागि पनि स्थानीय तहको आस गर्ने बानीको अन्त्य गर्न समेत यो सरसफाई…
Read More
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको नगरपालिकाद्वारा अनुगमन

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको नगरपालिकाद्वारा अनुगमन

  बिर्तामोड, १ जेठ ।। बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको 'ब्याग बनाउने तथा सिलाई कटाई' तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
Read More
झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापामा राजनीतिक दलहरुबाट प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धता… 

झापा। ।झापामा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन्। बिर्तामोडमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वाद कार्यक्रमको आयोजना गरेको थियो सोहि कार्यक्रममा सहभागी राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका हुन्। कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा…
Read More
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

  झापा वैशाख १८ ।। आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार…
Read More
यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

  झापा   ।।  मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ । पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा  तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातना सहित जेल चलान गरिएको थियो । उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श…
Read More
बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो। सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्। कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी…
Read More
शैक्षिक सत्र२०८२ सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक

शैक्षिक सत्र२०८२ सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक

काठमाडौं।। शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकिएर नतिजा पनि आउन थालिसकेको अवस्था छ। चालु शैक्षिक सत्र सकिन लाग्दा नयाँ शैक्षिक सत्र २०८२ को स्वागत तर्फ समग्र शिक्षा क्षेत्र अगाडी बढिरहेको देखिन्छ। बैशाखको पहिलो साता बाट धेरै विद्यालयहरूमा पढाइ सुरू हुने गरेको अगाडीका वर्षहरू हेर्दा पनी अनुमान गर्न सकिन्छ।यसै कुरालाई मध्यनजर गरेर पठनपाठन सुरु हुनुअघि नै पुस्तक छपाइ सम्बन्धी काम हरू सम्पन्न गरी सम्बन्धित ठाउँमा पुर्याउने कार्य समेत सुरू भईसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय…
Read More
झापाको अर्जुनधारामा सडेगलेको अवस्थामा महिलाको सब फेला

झापाको अर्जुनधारामा सडेगलेको अवस्थामा महिलाको सब फेला

बिर्तामोड चैत्र २६  झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए उनीहरूले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् । यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको…
Read More