साझा अक्षर

Breaking News 1

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

  बिर्तामोड बैशाख २४ ।।   झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक सेतो र चन्द्रगढी भेट्रान्स  फाइनलमा प्रवेश गरेका छन् । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलोलाई १-० गोलले पराजित गर्दै चन्द्रगढी फाइनल प्रवेश गरेको हो  । चन्द्रगढीका लागि  सुबास खड्काले गरेको गोल नै निर्णायक गोल बन्यो उनले क्याप्टेन प्रेम लिम्बुको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्द्रगढीका गोलकिपर रूपक गुरुङ प्लेयर अफ दी म्याच  भए । उनलाई प्रमुख अतिथि बिर्तामोड साना सहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नगद १५०० र ट्रफी प्रदान गरे।…
Read More
बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता, सेमिफाइनल समीकरण पुरा

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता, सेमिफाइनल समीकरण पुरा

  बिर्तामोड बैशाख २३ चौथो बिर्तामोड भेट्रान्स प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै बिर्तामोड भेट्रान्स सेतो अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मेची भेट्रान्स मेचीनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितमा अङ्कुर कुमार खड्गी ले दुई र भूपेन लिम्बुले एक गोल गरे। पराजित मेची भेट्रान्स  अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोड भेट्रान्स विरुद्ध सोचे अनुरूपको प्रदर्शन गर्न सकेन। पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको मेची भेट्रान्स दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्दै अवसर सिर्जना गरिरह्यो…
Read More
बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

0बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भेट्रान्स निलो र दमक भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन्। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको पहिलो खेलमा ढल्के जोबान भेट्रान्स पराजित गर्दै बिर्तामोड भेट्रान्स निलो अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितका लागि रबिन राई र कृष्ण शाक्यले दुई दुई गोल गरे भने सन्तोष, राई कुमार सुब्बा र टेकराज तीलिङ सुब्बाले एकएक गोल गरे पराजित ढल्के जोबन भेट्रान्स क्लब उर्लाबारी मोरङका लागि बिनोद लामा र डे निम राईले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड भेट्रान्स…
Read More
बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता स्काई धरान र मेची भेट्रान्स अघिल्लो चरण प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता स्काई धरान र मेची भेट्रान्स अघिल्लो चरण प्रवेश

  बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड  भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै स्काई भेट्रान्स फुटबल क्लब धरान र मेची भेट्रान्स मेचीनगर झापा अघिल्लो चरणमा प्रवेश गरेका छन्। बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै स्काई भेट्रान्स धरान अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा अग्रता भने चन्द्रगढी भेट्रान्स क्लबले लिएको थियो। चन्द्रगढीका लागि खेलको पहिलो हाफको एघारौँ मिनेटमा मित्र बस्नेतले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन एकपछि अर्को आक्रमण बुन्दै स्काई  भेट्रान्स धरानले पहिलो हाफको…
Read More
बिर्तामोडमा भेट्रान्स फुटबल  सुरु, उद्घाटन खेलमा आयोजक ‘निलो’ विजयी

बिर्तामोडमा भेट्रान्स फुटबल सुरु, उद्घाटन खेलमा आयोजक ‘निलो’ विजयी

   बिर्तामोड वैशाख २० ।।  झापाको बिर्तामोडमा आजबाट चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ। बिर्तामोड  भेट्रान्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजबंशी रङ्गशालामा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिर्तामोड भेट्रान्स ‘निलो’ले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जसका लागि जर्सी नम्बर ८ का सन्तोष राईले खेलको इन्जुरी समयमामा गरेको गोल नै निर्णायक बन्यो। पूर्व राष्ट्रिय तथा अनुभवी खेलाडीहरूले भरिएको आयोजक टोलीले दुधे भेट्रान्स माथि  खेल अवधिभर दबाब कायम राखेको थियो। मिडफिल्ड र डिफेन्स दर्बिलो बनाउँदै आक्रमण बुनेको बिर्तामोडले केही राम्रा अवसर सिर्जना गरे पनि थप…
Read More
धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

  बिर्तामोड बैशाख २० ।। झापाको धाइजनमा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । धाइजन चाराली फुटबल क्लबको आयोजनामा यही वैशाख २७ गतेबाट  मेचीनगर १२ स्थित कालिका खेलमैदानमाआयोजना हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ। सार्वजनिक खेलतालिका अनुसार प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए । महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिताले स्थानीय खेलकुद विकासमा समेत…
Read More
राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो । आजै राष्ट्रपति पाैडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको हो । याेसँगै मन्त्रिपरिषद्ले सिफारिश गरेका ८ मध्ये राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गर्नुभएकाे…
Read More
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाद्वारा आज जनकपुरधाममा आयोजित १९औँ स्थापना दिवसका अवसरमा प्रहरी नायब महानिरीक्षक ढकालले सङ्गठनले सिमा सुरक्षा, सङ्गठित अपराध नियन्त्रण, मानव बेचबिखन तथा तस्करी रोकथामलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री, दक्ष र व्यावसायिक बनाउँदै लैजानुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सङ्गठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै जनविश्वास कायम राख्नुपर्नेमा प्रहरी नायब…
Read More
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको हिजो बेलुका ज्यान गएको हो । ३ वर्षीय भाइ दिपेश र आमा २८ वर्षीया राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट राधिकाले छिमेकमा रहेको पोल्ट्री फार्मबाट बिहीवार बेलुका मरेको कुखुरा लगेको खुलेको छ । पोल्ट्री फार्म सञ्चालकले पैसा नलिई मरेको कुखुरा दिएको खुलेको र उनलाई सोधपुछ गरेर आवश्यक परेमा उपस्थित हुने गरी छाडेको प्रहरीले जनाएको छ । राधिकाले यसअघि पनि फार्मबाट मरेको कुखुरा लाने गरेको खुलेको…
Read More
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक गरेको छ ।जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनमा जोड दिँदै प्याब्सनले विद्यालयहरूलाई समयमै तयारीमा जुट्न आह्वान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना निर्माण, शिक्षक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको छ । भर्ना प्रक्रिया समयमै सम्पन्न गरी पठनपाठनलाई नियमित बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सन झापाका अध्यक्ष कार्कीले भने ।बैठकले विद्यालयहरूले निर्धारित समयभित्रै नतिजा प्रकाशन…
Read More