देउमाई इलाम ।। तेस्रो संस्करणको अन्तरपालिका स्तरीय देउमाई कप फुटबल प्रतियोगिता २०८२ को खेलतालिका सार्वजनिक गरिएको छ। देउमाई स्पोर्टिङ क्लबको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, क्लबका पदाधिकारी, खेलाडी गाउँपालिकाका खेल प्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको खेलतालिका अनुसार उद्घाटन खेल चैत्र १४ गते देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकाबीच हुनेछ। उद्घाटन खेललाई विशेष रूपमा भव्य बनाइने र स्थानीय दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। त्यसैगरी, दोस्रो खेल चैत्र १५ गते चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिकाबीच हुनेछ भने चैत्र १६ गते माई नगरपालिका र फाकफोकथोम गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ।…
देउमाई इलाम ।। तेस्रो सस्करण अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता “देउमाई कप–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ। देउमाई स्पोर्टिङ क्लब को आयोजनामा चैत १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम जिल्लाका १० वटा स्थानीय तहका टोलीहरू सहभागी हुने भएका छन्। प्रतियोगिताले स्थानीय तहस्तरमा खेलकुद गतिविधि सशक्त बनाउने र युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ। जिल्लामा फुटबल खेलको विकास र नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिने यस प्रतियोगिताले यसपटक अझ व्यापक सहभागिता र उत्साह पाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा इलामका १० स्थानीय तहहरूको सहभागीता रहनेछ। इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, सूर्योदय…
बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको हो । कार्यक्रम फागुन ३०, चैत १ र २ गते भएको थियो । क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार राइडरहरुले झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरेका थिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइएको क्लबका सचिव हिमाल खरेलले जानकारी दिए । पहिलो दिन ६० किलोमिटरको यात्रा भएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु…
पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३, पौवा सारतापमा रहेको फाल्गुनन्द ग्रीन पिस क्लबको कार्य समिति बैठक सम्पन्न भएको छ। कार्यसमिति बैठकले विभिन्न निर्णयहरू समेत पारित गरेको छ। क्लबका अध्यक्ष धन प्रसाद नेम्बाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले यसपटक नियमित गतिविधिभन्दा फरक सामाजिक कार्यसम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको छ। बैठकले सोही वडाका अति विपन्न तथा केही महिनादेखि बिरामी रहेका बुद्ध बहादुर नेम्बाङ (लिले साइला)को आर्थिक अवस्था अत्यन्तै कमजोर भएको जानकारी पाएपछि उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको हो। क्लबको निर्णयअनुसार उहाँलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल सम्म पुर्याउन सहयोगस्वरूप नगद रु ५,००० आर्थिक सहायता प्रदान गरिएको…
बिर्तामोड, १ चैत ।। झापाको बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई कृषि सामग्री वितरण गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज आइतबार आयोजित एक कार्यक्रमबीच कृषकलाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गर्नुभएको हो। कृषि शाखाको तथ्याङ्क अनुसार वडा नं. २ का ७ जना, वडा नं. ३ का ३ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का १४ जना, वडा नं. ८ का ३ जना, वडा नं. ९ का ७ जना र वडा नं. १० का १३ जना गरी कुल ४८ जना कृषकलाई सामग्री प्रदान गरिएको हो। प्लास्टिक मल्चिङ २१२ थान, प्लास्टिक टनेल ४० थान, ग्रीन नेट…
झापा ।। पूर्वी नेपाल फेरि एकपटक फुटबलको उत्साहले तात्न लागेको छ। नयाँ वर्ष २०७३ सालको अवसर पारेर झापा र इलाममा दुई ठूला अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएका छन्। यी प्रतियोगिताले महिला फुटबलको विकासमा नयाँ इतिहास कोर्ने अपेक्षा गरिएको छ। झापाको चन्द्रगढी युवा क्लबको आयोजनामा वैशाख ५ गतेदेखि वैशाख १४ गतेसम्म मेची रङ्गशालामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो पुरस्कार राशि नेपालमा महिला फुटबलतर्फ हालसम्मकै सबैभन्दा ठूलो हुनसक्ने दाबी गरिएको छ। ठूलो पुरस्कार राशिका कारण पनि प्रतियोगिता अझ आकर्षक बन्ने विश्वास गरिएको छ। त्यसैगरी,…
झापा। सरकारले शुक्रबार(आज) देखि बजारमा आधी तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बसेको बोर्ड बैठकले बजारमा आधी तौल (७.१ किलो) को ग्यास सिलिण्डर ल्याउने विषयमा औपचारिक रूपमा निर्णय गरेपछि शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर मात्रै बिक्री हुने भएको छ । नेपाल आयल निगमका एक अधिकारीका अनुसार आज अपराह्न बसेको बोर्डको बैठकले बजारमा आधी तौलको सिलिण्डर पठाउने निर्णय गरेको हो। निर्णयअनुसार आवश्यक जानकारी अहिले ग्यास उद्योगलाई पठाउन लागिएको छ । यसैबीच नेपाल ग्यास उद्योग संघको पनि अहिले बैठक सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको अध्यक्षतामा बुधबार र…
झापा फागुन २६ ।। आईटी प्रविधिबाट भ्रष्टाचार नियन्त्रण सम्भव रहेको भन्दै प्राध्यापक सुनिल शर्माले सरकारलाई १० बुँदे सुझाव दिएका छन् । नेपालमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्ने सुझाव दिँदै शर्माले सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिएमा सरकारी सेवा प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सकिने बताएका छन्। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका सूचना प्रविधि विभाग प्रमुख प्राध्यापक शर्मा ले अब बन्ने नयाँ सरकारका लागि सूचना प्रविधिमा आधारित भ्रष्टाचार नियन्त्रणका विभिन्न उपाय सार्वजनिक गरेका हुन्। उहाँका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। सूचना प्रविधि विज्ञ, इन्जिनियर तथा अनुसन्धानकर्तालाई नीति निर्माण र…
फाकफोकथुम इलाम ! फागुन २४।। नयाँ वर्ष २०८३ को अवसरमा पोखरी युथ क्लबको आयोजनामा तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ मा रहेको जानकी माविको खेलमैदानमा आगामी चैत २२ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गते सम्पन्न हुने गरी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, गाउँ–गाउँमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने तथा ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। यस प्रतियोगितामा इलाम, पाँचथर तथा झापा जिल्लाका उत्कृष्ट टोलीहरूको…
झापा, बिर्तामोड। मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले ले आफ्नो जन्मदिनको अवसरमा झापाको बिर्तामोड नगरपालिका–७ स्थित नगर गौरव बस्ती मा रहेका विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण गरेकी छिन्। संस्थाले सामाजिक उत्तरदायित्व तथा शिक्षा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरेको उक्त कार्यक्रममा ३० जना विपन्न बालबालिकालाई स्टेशनरी सामग्री अन्तर्गत स्कूल ब्याग वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले ब्याग वितरण गरिएको गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सह–सचिव आरजू खतिवडा तथा जिल्ला…