साझा अक्षर

समाज

आचारसंहिता किन पालना गर्ने?

आचारसंहिता किन पालना गर्ने?

समाज, संस्था वा पेशागत क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वासयोग्य बनाउन आचारसंहिता अत्यन्त आवश्यक हुन्छ। आचारसंहिता भनेको व्यक्तिको व्यवहार, कर्तव्य र जिम्मेवारीलाई निर्देशित गर्ने नियम–मान्यताहरूको समष्टि हो। यो केवल लिखित नियमको संग्रह मात्र होइन, नैतिकता, अनुशासन र उत्तरदायित्वको आधार पनि हो। त्यसैले आचारसंहिता पालना गर्नु कुनै बाध्यता मात्र नभई सचेत नागरिक र जिम्मेवार व्यक्तिको पहिचान हो। विश्वास र विश्वसनीयता कायम गर्न:-आचारसंहिता आवश्यक हुन्छ। जब कुनै व्यक्ति, संस्था वा पेशाले तोकिएको आचारसंहिता पालना गर्छ, तब समाजमा उसप्रति विश्वास बढ्छ। उदाहरणका लागि, पत्रकारले पत्रकारिताको आचारसंहिता पालना गरे सत्य, निष्पक्ष र उत्तरदायी समाचार आउँछ, जसले पाठकको भरोसा जित्छ। विश्वास बिना कुनै पनि सम्बन्ध (व्यक्तिगत,…
Read More
नेपालको पछिल्लो जनसङ्ख्या आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार

नेपालको पछिल्लो जनसङ्ख्या आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार

काठमाण्डाै।। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्त सम्मको प्रतिवेदन अनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो । साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । सरकारले पुस महिनामा…
Read More
सहारा नेपाल साकोस मङ्गलबारेको एकाइ साधारण सभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित 

सहारा नेपाल साकोस मङ्गलबारेको एकाइ साधारण सभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित 

  मंगलबारे इलाम।।  सहारा नेपाल साकोस लिमिटेड सेवाकेन्द्र मङ्गलबारेको २९ औँ वार्षिक एकाइ साधारण सभा सम्पन्न भएको छ। देउमाई नगरपालिका वडा नम्बर ४ स्थित संस्थाको सभा हलमा हिजो सम्पन्न साधारण सभा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक विक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। समूह सेयर सदस्य कुनतादेवी बरालको प्रमुख अतिथ्यता रहेको कार्यक्रमलाई केन्द्रीय कार्यालय प्रतिनिधि तथा सहारा नेपाल सकोस् लि का सञ्चालक समिति सदस्य भोला धिताले सहजीकरण गरेका थियो। उक्त  कार्यक्रम प्रेमराज राईले सञ्चालन गरेका थिए। साधारण सभाको कार्यक्रमका प्रमुख ज्यूबाट पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो। त्यस्तै साधारण सभाको अवसरमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृत्यु भएका सेयर सदस्यको…
Read More
चक्रवात ‘मोन्था’ को प्रभावले नेपालमा भारी वर्षा भोलिदेखि मौसममा सुधार हुने

चक्रवात ‘मोन्था’ को प्रभावले नेपालमा भारी वर्षा भोलिदेखि मौसममा सुधार हुने

  झापा कार्तिक १४ ।।   बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर वर्षा भइरहेको छ  । उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भइरहेको छ । झापामा हिजो साँझदेखि नै  निरन्तर पानी परिरहेको छ । चक्रवात ‘मोन्था’ को प्रभाव कायमै रहेकाले आज साँझसम्म धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा…
Read More
मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले  बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले  १९.२ ओभरमा  ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको…
Read More
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले 'हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल', 'नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,' 'सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् । हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम…
Read More
विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज ११ ।। विश्व पर्यटन दिवस २०२५ काे अवसरमा झापाको बिर्तामोडमा वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालीकाे आयाेजना तथा पर्यटन पत्रकार मञ्च झापाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएतापनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचे अनुरूप फाइदा लिन नसकेको बताइएको थियो। पर्यटन कार्यालय काँकडभिटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने  पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।   आर्थिक वर्ष २०८०/0८१ मा ९,७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा नेपालभित्रने पर्यटकमा १३,६७८ जना रहेकाे पर्यटन कार्यालय…
Read More
तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

तीर्थ सिग्देलको ‘त्यो झापा’ भदौ दोस्रो साता बजारमा आउने

  बिर्तामोड भाद्र २ ।। समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।इतिहास बिधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि…
Read More
शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

झापा।।  सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…
Read More
एकीकृत समाजवादी झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने

एकीकृत समाजवादी झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने

  बिर्तामोड साउन २१ ।। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको सो विषयमा जानकारी दिएको हो । ‘सुशासन र रोजगारी समाजवादको तयारी ’विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हो । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ । पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि…
Read More