झापा फागुन १५ ।। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले झापा–२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको मन जित्न सफल भएको छ। उज्यालो नेपाल पार्टी प्रत्यक्षतर्फ बलिरहेको चिम चुनाव चिन्ह र समानुपातिकतर्फ बासुरी चिन्हका साथ निर्वाचन मैदानमा उत्रिएको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले यस निर्वाचनलाई “विकास, सुशासन र जनविश्वासको अभियान”का रूपमा प्रस्तुत गर्दै, देशमा देखिएको निराशा र अव्यवस्थालाई अन्त्य गर्दै सकारात्मक परिवर्तनको सुरुवात गर्ने लक्ष्यसहित चुनावी रणनीति तयार गरेको छ । झापा क्षेत्र नम्बर २ मा पार्टीका तर्फबाट क्याप्टेन सीके बेघा उम्मेदवार…
अर्जुनधारा–६, झापा: झापाको अर्जुनधारा–६ स्थित पुष्पलाल चोकमा ४ लाख रुपैयाँको लगानीमा ‘निर्जला ग्रीन फार्म’ सञ्चालनमा आएको छ। फूल, फलफूल तथा सागसब्जीका गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले फार्म स्थापना गरिएको हो। फार्ममा एकसय रुपैयाँदेखि एकहजार रुपैयाँसम्मका विभिन्न प्रजातिका बिरुवा उपलब्ध रहेका छन्। यहाँ अजेलिया (Ajalea), क्रोटन (Croton), कृष्णकेली, क्रिसमस ट्री, भेनेस्टेरा, गार्लिक भाइन, लोरोपेटालम, मोनस्टेरा, सेन्सोभेरा (Snake Plant), पेपरमिन्ट, सिंगोनियम, भेरिगेटेड पेपे, कालाथिया, गोल्डेन हेज, ह्याङ्गिङ प्लान्ट, बक्सवुड, फर्न (ठूलो र मिडियम साइज) लगायतका सजावटी तथा इनडोर–आउटडोर बिरुवा उपलब्ध छन्। यसका साथै सिजनअनुसारका फलफूल र सागसब्जीका बिरुवा तथा आर्गेनिक साग सब्जी बिक्रीका लागि राखिएको सञ्चालकले जानकारी दिनुभएको…
बिर्तामोड फागुन १३।। बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिघा जग्गा सम्बन्धी देखिएको विवाद समाधानका लागि सर्वपक्षीय बैठकबाट महत्वपूर्ण निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ। फागुन १३ गते अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा सरोकारवालाहरूबीच संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्ने सहमति बनेको हो। बैठकले लामो समयदेखि रोक्का रहेको जग्गा सम्बन्धी विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउने, प्रभावित नागरिकहरूको माग सम्बोधन गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बसपार्क क्षेत्र तथा ५१ बिघा क्षेत्रमा राखिएका प्रतिबन्धात्मक सामग्री हटाई लोकतान्त्रिक गतिविधि सञ्चालनमा…
झापा फागुन १३ ।। आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ उज्यालो नेपाल पार्टीका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सीके बेघा लिम्बुले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका हुन् । कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा उम्मेदवार बेघाले प्रत्यक्षतर्फ बलिरहेको चिम चिहमा र समानुपातिकमा बाँसुरी चिन्हमा मतदान गरी भारी मतले आफूलाई विजय गराइदिन अनुरोध गरेका छन्। कार्यक्रमका क्रममा उम्मेदवार बेघाले झापा २ का बुधबारे, खुदुनाबारी, अर्जुनधारा बिर्तामोडका सबै वडा तथा टोलहरूमा…
बिर्तामोड फागुन १ ।। स्वर्गीय गुरुभक्त न्यौपाने स्मृति नकआउट फुटबल प्रतियोगिता(कञ्चनजङ्गा कप) फागुन ३ गतेदेखि हुने भएको छ। कञ्चनजङ्गा इङ्लिस सेकुन्डरी स्कुल बिर्तामोड ४ झापाको खेल मैदानमा संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेको स्मृतिमा कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। झापाको बिर्तामोड नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा सहभागी हुन पाउने छन्। आज विद्यालय परिसरमा खेलतालिका सार्वजनिक गर्दै आयोजक विद्यालयले विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउनका लागि, पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन र विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय गुरुभक्त न्यौपानेले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानलाई जीवन्त राख्नका लागि…
झापा फागुन १ ।। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजीकिएसँगै दलहरूको चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्ना मतदातासँग भेट घाटमा व्यस्त रहेका छन्। यसैबीच कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ। केही दिनअघि झापाका पाँचैवटा निर्वाचन क्षेत्रमा उम्मेदवार तथा कार्यकर्तालाई भेटघाट गर्दै कुलमान घिसिङले झापाली जनतालाई आफ्नो पक्षमा मतदान गर्न समेत आग्रह गरेका थिए। यो सँगै झापामा उज्यालो नेपाल पार्टीको सम्भावना बढ्दै गएको झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार सीके बेघाले जानकारी दिए। आज बिर्तामोडमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सीके बेघाले ‘उज्यालो अभियान’…
बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ । खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको…
बिर्तामोड माघ २८।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन इंग्लिश स्कुल विर्तामोडले जितेको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज सम्पन्न फाईन खेलमा निधि सैकेण्डरी स्कुललाई २–० गोल अन्तरले ले पराजित गर्दै कन्चन च्याम्पियन बनैको हो प्रतियोगिताको तेश्रो संस्करणको च्याम्पियन बन्ने क्रममा रोशन उराङ र कप्तान अन्स लिम्बुले गोल गरे । च्याम्पियन कन्चनले उपाधि सँगै आकर्शक ट्रफी मेडल हात पार्यो । उपविजेता निधिले रनरअप ट्रफि हात पार्यो । विधागत तर्फ उत्कृष्ट घोषित खैलाडीहरुलाई पनि आकर्षक ट्रफि प्रदान गरीएकौ थियो । फाइनल विजेता तथा उपविजेता टोलीलाई…
झापा ।झापाको बिर्तामोडमा सञ्चालन भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापनले जनाएको छ। करिब दश वर्षअघि शुरू भएको कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्। कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१…
बिर्तामोड माघ २६ ।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज स क्वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै अन्तीम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । पहिलो क्वाटरफाईनल खेलमा साविक विजेता इष्ट होराईजन विरुद्ध २ - १ गोलअन्तरको सागुरो जित निकाल्दै गोमेन्द्र विरता मोडल स्कुल सेमीफाईन प्रबेश गर्यो । यस्तै दोश्रो क्वाटरफाईनलमा व्रिलियन्ट्स पुपिल्सलाई २–० गोल अन्तरले पाखा लगाउदै कन्चनजंगा सेकेण्डरी स्कुल अन्तिम चार मा प्रवेश गर्यो । तेश्रो क्वाटरफाईनल भिडन्तमा बालबाटिका इंग्लीस स्कुललाई २,-० गोलले पाखा लगाउदै…